मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु
SamacharDesk – क्राइम ब्यूराे | २०७८ पौष २२, बिहिबार

काठमाडौंको कलंकीमा भएको मोटरसाइकल दुर्घटनामा मोटरसाइकलमा सवार एक पुरुषको मृत्यु भएको छ ।
बुधबार राति भएको दुर्घटनामा मोटरसाइकलमा सवार काठमाडौं नैकाप बस्ने धादिङ घर भएकी २७ वर्षीया शोफिया श्रेष्ठको मृत्यु भएको हो ।
प्र.३–०२–०११ प ४६८१ नम्बरको गुडदै गरेको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएकी श्रेष्ठलाई उपचारको लागि राष्ट्रिय ट्रमा सेन्टर पुर्याइएको थियो । सोही अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको हो ।
दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक काठमाडौं बाँनियाटार बस्ने गोरखा सहिद लखन गाउँपालिका–९ का ३१ वर्षीय राम शरण ढकालको सोही सेन्टरमा उपचार भइरहेको छ ।
Categorized in समाज