तनहुँमा सडक दुर्घटनामा एक पुरुषको मृत्यु
SamacharDesk – समाचारडेस्क रिपाेर्टर | २०७८ पौष २५, आइतबार

तनहुँमा आज विहान भएको एक सडक दुर्घटनामा एक पुरुषको मृत्यु भएको छ ।
तनहुँको ब्यास नगरपालिका–१ तालघरेस्थित सडकमा ग.३ च ३७७८ नम्बरको गाडी अनियन्त्रित भई सडकमा पल्टिएर दुर्घटना भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका गाडी चालकलाई उपचारको लागि जिल्ला अस्पताल दमौली पुर्याइएको थियो भने सोही अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको हो ।
अन्दाजी ३५ वर्षीय मृतकको हालसम्म पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ ।
घटना र मृतकको सम्वन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।
Categorized in समाज