टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु
SamacharDesk – समाचारडेस्क रिपाेर्टर | २०७८ पौष २५, आइतबार

काठमाडौंको कलंकीमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार एकजनाको मृत्यु भएको छ ।
शनिबार राति भएको सो दुर्घटनामा मोटरसाइकलमा सवार ललितपुर बस्ने बझाङ फलरा घर भएका २४ वर्षीय बसन्त विष्टको मृत्यु भएको हो ।
बा.४ ख ६८४३ नम्बरको टिपरले बा.२ ब ५४०१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा विष्ट गम्भीर घाइते भएका थिए ।
विष्टलाई उपचारको लागि कलंकीस्थित सहिद मेमोरियल अस्पताल पुर्याइएको थियो भने सोही अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको हो ।
दुर्घटनामा मोटरसाइकल चालक ललितपुर धोबिघाट बस्ने बझाङ चैनपुरका २६ वर्षीय निखिल बम गम्भीर घाइते भएका छन् । बमलाई सोही अस्पताल हुँदै थप उपचारको लागि भ्याली अस्पताल सुन्धारा पठाइएको छ ।
टिपरसहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
Categorized in समाज