ट्याक्टरले अटोलाई ठक्कर दिँदा एकजनाको मृत्यु
SamacharDesk – बिकाश | २०७७ पौष २९, बुधबार

बर्दियामा हिजो साँझ भएको सडक दुर्घटनामा एक जनाको मृत्यु भएको छ । घटनामा ३ जना घाइते भएका छन् ।
गुलरिया नगरपालिका–५ स्थित सडकमा भे.१ त ५९७३ नम्बरको ट्याक्टरले भे.१ ह ५५७२ नम्बरको अटोलाई ठक्कर दिएको थियो ।
दुर्घटनामा अटोमा सवार बारबर्दिया नगरपालिका–३ बानियाभार बस्ने ४५ वर्षीय डगिराम थारूको मृत्यु भएको हाे ।
दुर्घटनामा गम्भीर घाइते भएका उनलाई उपचारको लागि बर्दिया अस्पताल गुलरिया लगिएको थियो । सोही अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको हो ।
दुर्घटनामा घाइते भएका अन्य ३ जनामध्ये एक जना उपचारपछि डिस्चार्ज भएका छन् । २ जनाको सोही अस्पतालमा उपचार भईरहेको छ ।
दुबै सवारी साधनका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
Categorized in समाज