arin enterprises

प्रहरी वरिष्ष्ठ उपरिक्षक बज्राचार्यले जिम्मेवारी सम्हाले

SamacharDesk – बिकाश | २०७७ मङ्सिर ८, सोमबार

प्रहरी वरिष्ठ उपरीक्षक किरण बज्राचार्यले सोमबार महानगरीय प्रहरी परिसर ललितपुरको प्रमुखको जिम्मेवारी सम्हाल्नुभएको छ । परिसरमा आयोजित एक कार्यक्रमबीच निवर्तमान प्रमुख टेकप्रसाद राईले बज्राचार्यलाई जिम्मेवारी हस्तान्तरण गरेका थिए ।

सो अवसरमा परिसरका निर्वतमान प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक राईले ललितपुर जिल्लाको शान्ति सुरक्षा, अपराधको स्थिति र जिल्लाको वस्तुस्थितिबारे सामान्य जानकारी दिनुभयो । वरिष्ठ उपरीक्षक राईले आफ्नो साथ र सहयोग सधैं रहने भन्दै प्रमुख बज्राचार्यलाई कार्यकाल सफलताको कामना दिएका थिए ।

प्रहरी वरिष्ठ उपरीक्षक बज्राचार्यले जिम्मेवारी सम्हाले लगत्तै नेपाल परम्परागत बौद्ध धर्म संघका पदाधिकारीहरुले बज्रयानी बौद्ध परम्परा अनुसार स्वस्ति वाचन गरेका थिए ।

प्रमुख बज्राचार्यले आजै राष्ट्रिय युवा महासंघ ललितपुरका पदाधिकारीसँग भेटभाट गर्दै ललितपुर जिल्लाको वस्तुस्थितीबारे छलफल गरेका थिए । सो क्रममा बज्राचार्यले ललितपुरमा अपराध न्यूनीकरण, प्रहरी प्रशासनको जवाफदेही बढाउन समुदायसंग मिलेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

अपराधको न्यूनीकरण, समुदायमैत्री प्रहरी प्रशासन, जनतामा प्रहरी प्रशासनप्रति विश्वास र शान्ति सुरक्षा सुदृढ बनाउने आफ्नो उद्देश्य रहेको बताउँदै यसका लागि सबैको पक्षको साथ र सहयोगको अपेक्षा गर्नुभयो ।

परिसरमा आज सोही कार्यक्रमका बीच राईको बिदाई र बज्राचार्यको स्वागत गरिएको थियो ।

१५ महिना प्रहरी प्रमुखको रुपमा काम गर्नुभएका प्रहरी वरिष्ठ उपरीक्षक राईको गृह मन्त्रालयको मंसिर ५ गतेको निर्णय अनुसार प्रहरी प्रधान कार्यालय कर्मचारी प्रशासन शाखामा सरुवा भएको थियो ।

Categorized in समाज