arin enterprises

हनुमानढोका आसपासका पसलहरु हटाउन पुरातत्वलाई कामपाको ताकेता

SamacharDesk – बिराजकाजी राजोपाध्याय | २०७७ चैत्र १२, बिहिबार

विश्व सम्पदा सूचिमा सूचिकृत वसन्तपुर हुनमानढोका दरबारक्षेत्र आसपासका पसलहरु हटाउन पुरातत्व विभागले ढिलासुस्ती गरेकोमा आफ्नो ध्यानाकर्षण भएको काठमाडौँ महानगरपालिकाले जनाएको छ ।

काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले वारुण यन्त्र कार्यालयको उत्तरतर्फको भवन र तलेजु मन्दिर निकटको भवनमा व्यापारिक प्रयोजनमा होटल, रेष्टुराँ र सटरहरु चलेका भन्दै पुरातत्व विभागलाई उक्त पसलहरु छिटो हटाउन आग्रह गरेको स्मरण गराउनुभयो ।

शाक्यले तलेजु मन्दिरको आसपास मखनतिर पनि बाटो नै ढाकेर व्यापार–व्यवसाय सञ्चालन भएको भन्दै खालि गराउन आग्रह गरेको जानकारी दिनुभयो ।

‘हामीलाई जानकारी भए अनुसार पुरातत्वले ती स्थान भाडामा लगाई व्यापारिक प्रयोजनमा प्रयोग गरिरहेको छ । शाक्यले भन्नुभयो, ‘मौखिक रुपमा धेरै पटक भन्दा चासो नदेखाएपछि महानगरपालिकाले लिखित रुपमा उहाँहरुलाई पत्राचार गरिएको छ । उहाँहरुलाई जतिसक्दो छिटो हटाउने वातावरण निर्माण गर्न पुनः आग्रह गर्छु ।’

स्थानीय बासिन्दाले समेत पटक–पटक त्यहाँको मौलिकता कायम गर्न महानगरपालिकासँग आग्रह गरेको शाक्यले स्मरण गराउनुभयो । जनभावना र काठमाडौँ महानगरपालिकाले गरेको पत्राचार अनुसार काम होस भन्नेमा आफू रहेको उहाँले बताउनुभयो ।

पुरातत्व विभागका महानिर्देशक दामोदर गौतमले त्यो क्षेत्र पुरातत्वको क्षेत्राधिकार भित्र रहेको भन्दै जतिसक्दो छिटो प्रक्रिया पुर्याएर हटाउन आफूहरु सकारात्मक रहेको जानकारी दिनुभयो । ‘

पुरातात्विक र विश्व सम्पदा सूचिमा रहेको त्यहाँको सम्पत्तिलाई कसरी प्रयोग गर्ने भन्ने विषयमा काठमाडौँ महानगरपालिकाले लिएको पहल सकारात्मक छ,’ गौतमले भन्नुभयो, ‘तर, त्यसका लागि सबै पक्षसँग छलफल गरेर प्रक्रियागत रुपमा अघि बढौँ भन्ने छ ।’

Categorized in स्थानीय