arin enterprises

ऐतिहासिक कोथुननी बचाउन माग

SamacharDesk – समाचारडेस्क रिपोर्टर | २०७९ चैत्र १४, मंगलबार

काठमाडौंको ऐतिहासिक बजार असनस्थित ६ सय वर्ष पुरानो क्वथुननी विहार र घडीघरको संरक्षणका लागि स्थानीयले संघर्ष गर्ने चेतावनी दिएका छन् ।

कामपा २५ असनमा अवस्थित कोथुननीमा रहेको सो घर कि.नं. १७६७ क्षे.फ. ०–८–०–३ रहेको जनाइएको छ । उक्त घर गुथी संस्थानको पूर्ण स्वामित्वमा रही श्री ५ को बायु देवता गुथि अन्तर्गत रहेको जनाइएको छ ।

सांस्कृतिक, ऐतिहासिक, पुरातात्विक महत्वको सो घर गुथी संस्थानले व्यवसायिक प्रयोजनका लागि लिजमा दिन थालेपछि अभियन्ताहरुले विरोध जनाएको हो ।

उनीहरुले संस्थानले व्यवसायिक संस्थासँग गरेको सम्झौतको विरुद्ध “असन कोथुननी बचाऊ अभियान” नै सञ्चालन गरी विरोध जनाइरहेको छ ।

सांस्कृतिक सम्पदा संरक्षणका लागि स्थानीय जनताको निरन्तर दबाबको बाबजुद गुठी संस्थानले उक्त भवन लिजमा दिने निर्णय फिर्ता नगरेकोमा आज क्वथुननी परिसरमा एक कार्यक्रम गरी प्रतिनिधिसभा र प्रदेशसभाका सांसदहरुलाई ध्यानाकर्षण गराएको हो ।

सो अवसरमा अभियन्ताहरुले गुथि संस्थानले अटेर गरेर आधुनिक शपिङ मल बनाउन दिए अझ थप संघर्षका कार्यक्रम अगाडि बढाइने जानकारी दिइयो । सो विहार स्थानीयले मर्मत संभार गर्न खोज्दा पनि गुथी संस्थानले नदिएको उनीहरुको दावी छ ।

साँस्कृतिक घडीघर मल्लकालमा असन बजारको आधुनिक शपिङ कम्प्लेक्स हो । अमिताभ बुद्ध रहेको क्वथुननी झण्डै ६ सय वर्ष पुरानो अशोक बृक्ष विहार हो ।

सो अवसरमा पूर्व उपमेयर एवं प्रदेशसभा सदस्य हरिप्रभा खड्गी, सम्पदाप्रेमी लगायतले पुरातात्विक र ऐतिहासिक क्वथुननी सम्पदा बचाउन निरन्तर लागिरहने जनाएका छन् ।

Categorized in समाज