arin enterprises

नीति तथा कार्यक्रममाथि संसदमा छलफल शुरु

SamacharDesk | २०८० जेठ ७, आइतबार

राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार प्रस्तुत गर्नुभएको आ.व. २०८०/०८१ को नीति तथा कार्यक्रममाथि आजदेखि संसदमा छलफल शुरु भएको छ ।

प्रतिनिधिसभाको आज बस्ने वैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ गर्न प्रस्ताव गरेपछि छलफल शुरु भएको हो ।

नीति तथा कार्यक्रमबारे सांसदहरुबाट प्राप्त संशोधनहरू पनि वैठकमा प्रस्तुत हुने छलफल गर्ने कार्यसूचि रहेको छ । आज बैठक सुरु हुने वित्तिकै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्नु भएको छ ।

सम्बोधनका क्रममा उहाँले जनताको सरकारप्रतिको अविश्वास बढेको बताउनुभएको छ । मुलुकको अर्थतन्त्र सङ्कटापन्न अवस्थामा रहेको र सामाजिक तथा सांस्कृतिक क्षेत्रमा अस्वाभाविक गतिविधिहरू बढ्दा पनि सरकारले सो अनुसारको नीति तथा कार्यक्रम ल्याउन नसकेको अध्यक्ष ओलीले बत्ताउनुभयो ।

उहाँले सरकार तलब, पेन्सन, सामाजिक सुरक्षा खर्च लगायतका अनिवार्य खर्च व्यवस्थापन गर्न पनि नसक्ने स्थिति पुगेको दोहोर्‍याउनु भयो । उहाँले सामाजिक तथा सांस्कृतिक क्षेत्र अस्वाभाविक गतिविधिहरू बढ्दो छन् ।

प्रमुख आर्थिक परिसूचकांकहरुले अर्थतन्त्र सङ्कटापन्न भइसकेको देखाएका छन् । सरकार राजस्व उठाउन असफल भइसकेको छ । राजस्वले चालू खर्च तलब, पेन्सन, सामाजिक सुरक्षा भत्ता लगायत अनिवार्य खर्च व्यवस्थापनको दायित्वसम्म पनि गर्न नसक्ने स्थिति सरकार पुगेको दावी गर्नुभएको छ ।

अध्यक्ष ओलीले सरकारले विगतका सरकारका राम्रा कामलाई समेत नीति तथा कार्यक्रममा समावेश गर्न नसेकेको भन्दै आपत्ति समेत जनाउनुभयो ।

Categorized in राजनीति
SKIP THIS maharjan complex bumper adv