arin enterprises

पाटनको कृष्ण पूजा पनि औपचारिकतामा सिमित

SamacharDesk – शिवेश शर्मा | २०७७ श्रावण २८, बुधबार

पाटन सहरभित्र कृष्णाष्टमीको भोलिपल्ट अर्थात भाद्र कृष्ण अष्टमीको दिनमा गरिने कृष्ण पूजा पनि यस वर्ष औपचारिकतामा सिमित भएको छ ।

कृष्ण गुठीले आयोजना गर्ने सो पूजा आज पूजारी समेत १६ जना मात्रै सहभागी भई सम्पन्न गरीयो । 

सयौंको संख्याको सहभागी सहित नगरपरिक्रमा गरी सय भन्दा बढि कृष्णमन्दिर को पूजा गरिनेमा आज भने नगर परिक्रमा नगरी आठ टोलका मुख्य कृष्ण मन्दिरको मात्र परिक्रमा गरिएको थियो ।

पूजाको पालो यस वर्ष पिम्बहालको थियो । पालोवाला टोलको मुख्य कृष्ण मन्दिरबाट पूजा सुरू भई नगर परिक्रमा गर्ने गरिन्छ ।

पाटनमा वि.सं १९५९ बाट कृष्ण पूजा गर्ने परम्पराको शुरुवात भएको हो । तत्कालीन समयमा तुलसी मेहर श्रेष्ठले यो चलन चलाएको बताइन्छ । हरेराम संघले कृष्ण पूजा र तारेमाम संघले मतयाः शुरु भएको भनिएको छ ।

पिम्वहालका स्थानीय रूपक कान्त राजोपाध्यायका अनुसार आज ८८औं कृष्ण पूजा सम्पन्न भएको हो । वि.सं.१९५९मा सुरू भएर बीचमा केही वर्ष रोकिएको राजोपाध्यायले जानकारी दिनुभयो ।

Categorized in संस्कृति