arin enterprises

चलचित्र कुईनेटो कोभिडको असर कम भएपछि प्रदर्शन हुने

SamacharDesk – बिजयरत्न | २०७८ श्रावण ४, सोमबार

मिडिया एण्ड ईन्टरटेनमेन्ट प्रा.लि. र पिम नेपालको ब्यानरमा निर्मित चलचित्र ‘कुईनेटो’को शिर्ष गीत ‘धर्ती आकाश’ सार्वजनिक भएको छ ।

कमला जोशीले निर्माण गरेको चलचित्र कुईनेटोको उक्त गीत ओएसआर डिजिटलमार्फत सार्वजनिक गरिएको हाृ ।

नायक श्रीदेव भट्टराई र नायिका श्रीजु अधिकारीको अभिनय रहेको गीतलाई सुदुरपश्चिमको विभिन्न रमणीय एवं पर्यटकिय स्थानमा छायांकन गरिएको छ ।

गीतको शब्द ललिता कुँवरले लेखेकी छन् भने चर्चित संगीतकार सन्तोष श्रेष्ठको संगीत रहेको छ । गीतमा श्रेयसी चेम्जोङ र यूवराज चौलागाईले स्वर दिएका छन् ।

माधव राज खरेलबाट निर्देशित चलचित्र कोभिड १९को असर कम हुने बित्तिकै सार्वजनिक प्रर्दशनीमा आउने निर्माण कम्पनीले बताएको छ ।

निर्देशक खरेलकै लेखन रहेको चलचित्रमा श्रीदेव भट्टराई, सानिया खान, श्रीजु अधिकारी, केशव रापकोटा, मनीराज लिम्बु, नवराज रिमाल, गंगा भुजेल, मोतीराम जैशी, सिद्धान्त क्षेत्री, साहिल चौधरी, दिपेश जैसी लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

चलचित्रमा महिला द्वन्द्व निर्देशक किरण दाहालको द्वन्द्व निर्देशन, रुपेश उप्रेतीको नृत्य निर्देशन रहेको छ । जनकराज अधिकारीले छायांकन गरेका छन् भने प्रदिप दाहाल र राजेश कुमारको दृश्य सम्पादन रहेको छ ।

चलचित्रका अन्य गीतहरुमा राज सागर, पशुपति ताम्रकार, अनिल विरही, सुरेश अधिकारी लगायतका श्रष्टा एवं सर्जकहरुको स्वर शब्द र संगीत रहेको छ ।

Categorized in पेजथ्री