कुवेतमा पर्ल डाइभिङ फेस्टिभल सुरु
SamacharDesk | २०८० श्रावण २८, आइतबार

कुवेतमा ‘पर्ल डाइभिङ फेस्टिभल’ मोती खोज्ने यात्रा सुरु भएको छ । कोभिड–१९ महामारीका कारण तीन वर्ष यता रोकिएको ३२ औँ पर्ल डाइभिङ फेस्टिभल शनिबारबाट कुवेत शहरमा सुरू भएको हो ।
कुवेती समुन्द्री सतहलाई पुनर्जीवित राख्ने लक्ष्यका साथ सुरु गरिने यो यात्रा पुर्खाको सम्झनामा राखिएको स्थानीयहरु बताउँछन् ।
यस फेस्टिभलमा सामान्यतया गोताखोरहरुले श्वासप्रश्वासका उपकरणहरु प्रयोग नगरी मोती खोजि गरेर फ्रिडाइभिङ गरी यात्रामा जानुपर्ने नियम छ ।
गोताखोरहरुले समुन्द्रको १० मिटर गहिराइमा पुगेर मोती खोज्नेछन् । यो यात्रा गर्न ७ घण्टाको समय लाग्नेछ ।
विगतमा गोताखोरहरुको संख्या २ सय ५० भन्दा बढी हुने गरेपनि यस वर्ष भने प्रशासक र पर्यवेक्षक बाहेकको संख्या ६० जना मात्र रहेको कुवेती संचार माध्यमले जनाए ।
यस पटक ६० जना युवा गोताखोरहरू मोती खोज्ने यात्रामा जानका लागि दुई वटा डुङ्गामा चढेसकेको समाचारमा उल्लेख गरेको छ ।
गोताखोरहरुले आईतबारबाट यात्रा सुरु गर्नेछन् भने बिहीबार मात्रै फर्किने आयोजकको भनाइ छ ।
देशमा ठूला तेल भण्डारहरु प्रमाणित हुनुअघि यो एक प्राथमिक उद्योग थियो ।
Categorized in अन्तर्राष्ट्रिय