arin enterprises

नगरकोटीलाई लकस नेपाल बर्ष ब्यक्तित्व २०८० सम्मान

SamacharDesk – समाचारडेस्क रिपोर्टर | २०८० श्रावण २२, सोमबार

गोदावरी नगरपालिका वडा ६ लामीडाँडाका गणेशबहादुर नगरकोटी ‘लकस नेपाल वर्ष ब्यक्तित्व २०८० सम्मान’ बाट सम्मानित भएका छन् । लकस नेपालले आफ्नो १३ औं स्थापना दिवस (श्रावण १७) को अवसरमा नगरकोटीलाई उक्त सम्मानबाट सम्मानित गरिएको हो ।

लकस नेपालको सहजीकरणमा १४ हजार लिटरको पानी शुद्धिकरण ट्याङ्की निर्माण तथा निरन्तर ब्यवस्थापनमा सक्रिय रहेका नगरकोटीलाई शनिवार आयोजित समारोहमा उक्त सम्मान प्रदान गरिएको हो ।

नगरकोटीलाई वागमती प्रदेशका उद्योग तथा सामान्य प्रशासन मन्त्री रामकृष्ण चित्रकारले सम्मान प्रदान गरे ।

कार्यक्रममा मन्त्री चित्रकार, गोदावरी नगरपालिकाका नगर प्रमुख गजेन्द्र महर्जन, ललितपुर महानगरपालिकाका उपप्रमुख मञ्जली शाक्य बज्राचार्य, बागमती गाउँपालिका अध्यक्ष वीर बहादुर लोप्चन, ललितपुर महानगरपालिका ११ वडाका अध्यक्ष अरोजकुमार खड्गी, ललितपुर महानगरपालिका २२ वडाका अध्यक्ष सागर तुलाधर र लकस नेपालकासल्लाहकार डा. शिलेन्द्र शाक्य, शाक्य सुरेन, कानूनी सल्लाहकार किरण शाक्य लगायतको उपस्थिति रहेको थियो ।

४ कक्षासम्म मात्र अध्ययन गर्न पाएका, मजदुरी पेशा गर्दै आउनु भएका नगरकोटीले ८५ घरपरिवारलाई शुद्ध पानी पुर्‍याउन योगदान दिएका छन् । ५३ बर्षीय लामीडाँडा काफलडाँडा खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष नगरकोटीले आफ्नो नेतृत्वमा थप ६० हजार लिटरको पानी ट्याङ्की निर्माण गरी निरन्तर संचालन एवं व्यवस्थापन गरिरहेका छन् ।

कार्यक्रममा संस्थाको निवर्तमान कार्यसमिति, कर्मचारी, समाजसेवी रामबहादुर के.सी., धनकुमार नगरकोटी, प्रकाश नगरकोटी, ससिता नगरकोटी, सरस्वती नगरकोटीलाई पनि सम्मान गरिएको थियो ।

कार्यक्रमको क्रममा स्थानीय उत्पादनहरु प्रदर्शनी तथा विक्री स्टल समेत राखिएको थियो । लकस नेपालले आउटरिच इन्टरनेशनलसँगको सम्झौतामा कृषिमा बेर्ना उत्पादन, तरकारी खेती, पशुपालन, जडिवुटी खेती, गोलभेडा टनेल खेती, घाँस उत्पादन, बचत तथा ऋण मार्फत जीवनस्तर उकास्ने, पानी शुद्धिकरण ट्यांकी निर्माण लगायतका कार्यमा सहकार्य गर्दै आएको छ । 

Categorized in समाज