arin enterprises

रहेनन वनस्थली स्कूलका संस्थापक लक्ष्मण राजवंशी

SamacharDesk – बिराज | २०७८ बैशाख ११, शनिबार

सिद्धार्थ वनस्थली स्कूलका संस्थापक प्रिन्सिपल साथै संविधान सभा सदस्य लक्ष्मण राजवंशीको निधन भएको छ । काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचाररत उनको आज उपचारकै क्रममा मृत्यु भएको हो ।

गत चैत्र ३० गते सोमबार घरमा भर्‍याङबाट लडेर उनी घाइते भएका थिए । लडेर टाउकोमा चोट लागेर आन्तरिक रक्तश्राव भएको बताइएको थियो ।

भर्‍याङबाट लडे लगत्तै उनलाई उपचारको लागि नर्भिक अस्पताल पुयाइएको थियो भने अस्पतालमा उनलाई भेन्टिलेटरमा राखेर उपचार शुरु गरिएको थियो ।

स्वर्गीय राजवंशी दोश्रो संविधान सभामा नेपाः राष्ट्रिय पार्टीबाट सभासद बनेका थिए । पछि उनलाई नेपाः पार्टीबाट निष्काशित गरिएपछि बौद्धिक जनतान्त्रिक परिषद् पार्टी गठन गरेका थिए ।

वि.सं. १९९२ सालमा जन्मेका उनले शिक्षाशास्त्रमा स्नातक र राजनीतिशास्त्रमा स्नातकोत्तर तहसम्म अध्ययन गरेका थिए ।

साहित्यमा विशेष रुपमा कथा विधामा रुचि राख्ने उहाँले नेपालभाषाको कथा क्षेत्रको उत्थानको लागि बाखं दबू नामक संस्था पनि गठन गरेका थिए । उहाँ नेवाः देय् दबूका संस्थापकमध्ये एक हुनुहुन्छ ।

वि.सं. २००५ सालमा राजनीतिमा प्रवेश गरेका उहाँले ६ महिना भूमिगत जीवन, ८ महिना निर्वासन जीवन र पटक पटक गरी दुइ वर्ष विभिन्न जेलमा बन्दी जीवन विताउनुभएको छ ।

Categorized in समाज