arin enterprises

भ्यालेन्सियामाथि बार्सिलोनाको संघर्षपूर्ण जित

SamacharDesk – आकाश राजोपाध्याय | २०७८ बैशाख २०, सोमबार

स्पेनिस ला लिगामा बार्सिलोनाले भ्यालेन्सिया माथि जित हात पारेको छ ।

आइतबार राति भएको खेलमा बार्सिलोनाले भ्यालेन्सियामाथि ३–२ गोलले जित हात पारेको हो ।

खेलमा भ्यालेन्सियाका लागि गाब्रियलले ५० औं मिनेटमा गोल गर्दा सोलेरले ८३ औं मिनेटमा गोल गरे ।

बार्सिलोनाका लागि कप्तान लिओनल मेसीले दुई गोल गरे । उनले खेलको ५७औं मिनेटमा गोल गरी खेल बराबरीमा ल्याए । ६३ औं मिनेटमा एन्टोनी ग्रिजम्यानले गोल गरी बार्सिलोनालाई अग्रता दिलाए । ६९औं मिनेटमा मेसीले बार्सिलोनाका लागि तेस्रो र आफ्नो व्यक्तिगत दोस्रो गोल गरे ।

यो जितसँगै अंक तालिकाको तेस्रो स्थानमा रहेको बार्सिलोनाले ३४ खेलमा ७४ अंक जोडेको छ भने दोस्रो स्थानको रियल म्याड्रिड पनि समान खेलमा ७४ अंक नै जोडेको छ । शीर्ष स्थानको एट्लेटिको म्याड्रिडको ७६ अंक रहेको छ ।

बार्सिलोनाले शनिबार शीर्ष स्थानको एट्लेटिको म्याड्रिडसँग भिड्नेछ ।  उक्त खेलमा जित हात पारेको खण्डमा बार्सिलोनाको उपाधि यात्रामा केही बलियो हुनेछ ।

बार्सिलोना यो सिजनका दुवै खेलमा रियल म्याड्रिडसँग पराजित भएको हुँदा अब बार्सिलोनालाई उपाधि जित्न एट्लेटिको म्याड्रिडविरुद्ध जित हात पारेर मात्र पुग्दैन रियल म्याड्रिडले पनि अंक गुमाउनु पर्ने हुन्छ । 

Categorized in स्पाेर्ट्स