arin enterprises

सञ्चारकर्मी लामिछानेको “राष्ट्रिय स्वतन्त्र पार्टी” आयोगमा दर्ता

SamacharDesk | २०७९ आषाढ १७, शुक्रबार

सञ्चारकर्म छाडेर राजनीतिको यात्रा आरम्भ गर्नुभएका रबी लामिछाने गोलाकारभित्रको घण्टी चुनाव चिन्हसहित ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ निर्वाचन आयोगमा शुक्रबार दल दर्ता भएको छ ।

उनको पार्टीको दर्ता नम्बर १८७ रहेको छ । पार्टीको नामलाई लिएर उत्पन्न विवाद किनारा लगाउँदै आयोगले सोही नामलाई मान्यता दिएको हो ।

दल दर्ता प्रमाणपत्रमा ‘राष्ट्रिय स्वतन्त्र पार्टी नामक राजनीतिक दलसम्बन्धी ऐन, २०७३ दफा ४ र ५ बमोजिम निर्वाचन आयोगमा दर्ता गर्ने गरी आयोगबाट प्रमाणपत्र दिइएको’ उल्लेख छ ।

केही स्वतन्त्र उम्मेदवारहरुले रविको पार्टीको नामले आफूहरुलाई अप्ठेरो पर्ने भन्दै आयोगमा उजुरी दिएका थिए ।

२१ सदस्य रहने लामिछानेको पार्टीको केन्द्रीय कार्यालय वसुन्धरामा रहने बताइएको छ ।

Categorized in राजनीति