arin enterprises

रास्वपा अध्यक्ष लामिछानेविरुद्ध सर्वाेच्चमा रिट

SamacharDesk | २०८० जेठ १०, बुधबार

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा प्रतिनिधिसभा सदस्य रवि लामिछाने विरुद्ध सर्वाेच्चमा रिट दर्ता भएको छ ।

लामिछानेले नेपाली नागरिकता पुनः कायम गराउँदा अमेरिकी नागरिकता त्यागेको निस्सा नबुझाएको भन्दै युवराज सफलले प्रतिनिधिसभा सदस्य पदका लागि लामिछाने अयोग्य भएको भन्दै सर्वोच्च अदालतमा रिट दर्ता गराएको हो ।

सफलले प्रतिनिधिसभा सदस्यको रूपमा कार्य गर्न तत्काल रोक लगाउन पनि माग गरेको छ । रिट निवेदनमा लामिछाने सांसद रहिरहँदा कानुनको शासन र संवैधानिक सर्वोच्चतामाथि नै गम्भीर प्रश्न उठ्ने दाबी गरिएको छ ।

पुनः नागरिकता प्राप्त गर्ने प्रक्रियामा नै प्रवेश नगरी लामिछानेले गत माघ १५ मा नागरिकताको प्रतिलिपि लिएको रिट निवेदनमा जिकिर गरिएको छ ।

गत बैशाख २८ गते  सर्वोच्च प्रशाशनले दरपीठ गरेको रिट निवेदन जेठ ८ गते तिलप्रसाद श्रेष्ठको एकल इजलासले दर्ता गर्न आदेश दिएपछि  पौडेलले आज दर्ता गरेको रिट निवेदनमाथि सुनुवाइका लागि जेठ १७ गते पेशी तोकिएको छ ।

Categorized in राष्ट्रिय
SKIP THIS maharjan complex bumper adv