अमेरिकामा एप्पल विरुद्ध मुद्दा दायर
SamacharDesk | २०८० चैत्र १०, शनिबार

अमेरिकी न्याय विभाग र १६ राज्यका महान्यायाधिवक्ताले एप्पल विरुद्ध मुद्दा दायर गरेका छन् । स्मार्टफोनको बजारमा एकाधिकार कायम गरेको आरोपमा बिहीवार आईफोन निर्माता कम्पनी एप्पल विरुद्ध न्यु जर्सीको जिल्ला अदालतमा मुद्दा परेको हो ।
बिहीवार आयोजित पत्रकार सम्मेलनको क्रममा अमेरिकी महान्यायाधिवक्ता मेरिक गारल्यान्डले एप्पलले आफ्ना उत्पादन उत्कृष्ट बनाएर नभई अरूका उत्पादन खराब बनाएर आफ्नो एकाधिकार शक्तिलाई मजबुत बनाएको भन्ने आरोप लगाएको छ ।
दायर गरिएको मुद्दा ८८ पृष्ठ लामो रहेको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएको छ । कम्पनीले आईफोनमा कडा नियन्त्रण कायम गरेर अन्य कम्पनीलाई आफूसँग प्रतिस्पर्धा गर्नसक्ने महत्त्वपूर्ण एप्लिकेसन र सेवाहरू तयार पार्न रोक लगाएको कारण एन्टिट्रस्ट कानून उलंघन हुन पुगेको उल्लेख गरिएको छ ।
तर एप्पलले भने आरोप अस्वीकार गर्दै एक विज्ञप्ति निकालेको छ । जसमा एप्पलले दायर मुद्दालाई लिएर आफ्नो परिचय र अत्यधिक प्रतिस्पर्धी बजारमा एप्पलका उत्पादनलाई भिन्न राख्ने सिद्धान्तलाई नै खतरामा पारेको उल्लेख गरेको छ ।
यो मुद्दा तथ्य र कानूनको हिसाबले गलत छ भन्दैयस विरुद्ध कडा रूपमा बचाउमा उत्रिने चेतावनी दिएको छ ।
आलोचकहरूका अनुसार आईफोनको मुख्य कार्य क्षमता वरिपरि रहेर बनेका एप्पलका आफ्ना उत्पादन र सेवाहरुसँग प्रतिस्पर्धीका उत्पादन प्रतिस्पर्धा गर्नै नसक्ने अवस्थामा पु¥याएको मूल्यमा एप्पलले सफलता हात पारेको बताइको छ ।
Categorized in अन्तर्राष्ट्रिय