बागमती प्रदेश प्रहरी कार्यालयको मुख्यालय भवन शिलान्यास
SamacharDesk – बिकाश | २०७८ बैशाख २५, शनिबार

बागमती प्रदेश प्रहरी कार्यालयको मुख्यालय भवनको शनिबार एक कार्यक्रम बिच शिलान्यास भएको छ ।
कार्यक्रममा आन्तरिक मामिला तथा कानुन मन्त्रालय बागमती प्रदेशका सचिव मदन भुजेलले भवनको शिलान्यास गर्नुभयो ।
बागमती प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आर्थिक सहयोगमा बागमती प्रदेश प्रहरी कार्यालयको परिसरमा उक्त भवन निर्माण गर्न लागिएको हो ।
१४ हजार १८१.६८ वर्गफिट क्षेत्रफलमा निर्माण हुन लागेको भवनको ३२ करोड रुपैयाँ लागत अनुमान गरिएको छ ।
आन्तरिक मामिला तथा कानुन मन्त्रालय बागमती प्रदेशको सहयोगमा हालसम्म उपत्यका बाहेक बागमती प्रदेश अन्तर्गत ३४ वटा प्रहरी ईकाई निर्माण सम्पन्न भइसकेका छ । १२ वटा प्रहरी ईकाई निर्माणाधिन अवस्थामा छ ।
चालु आर्थिक वर्षमा बागमती प्रदेश प्रहरी कार्यालयको मुख्यालय समेत गरी थप २१ वटा प्रहरी ईकाई निर्माणको लागि सम्झौता भई निर्माण कार्य प्रारम्भ भइसकेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।
Categorized in समाज