मदन भण्डारी कलेजको भवन शिलान्यास
SamacharDesk – बिराजकाजी राजाेपाध्याय | २०७८ मङ्सिर २७, सोमबार

काठमाडौँ महानगरपालिका वडा नम्बर १० मा मदन भण्डारी कलेज भवनको शिलान्यास भएको छ । महानगर प्रमुख विद्यासुन्दर शाक्यले कामपा वडा १० देवीनगरस्थित कलेज परिसरमा नयाँ भवन निर्माणको लागि शिलान्यास गर्नुभएको हो ।
शिलान्यासपछि बोल्दै महानगर प्रमुख शाक्यले शैक्षिक गुणस्तर सुधारका लागि महानगरले लगानी बढाएको बताउनुभयो ।
सार्वजनिक निर्माण विभागका प्रमुख रामबहादुर थापाकाअनुसार चालुृ आर्थिक बर्षमा कार्यक्रम सकिने गरी कलेज भवन निर्माणका लागि महानगरले ५ करोड रुपैयाँ आर्थिक सहयोग गर्नेछ ।
यसको पहिलो किस्ता प्रदान गरिसकिएको छ । बाँकी रकम कामको प्रगतिका आधारमा दिइनेछ ।
कलेजका अनुसार भवन निर्माणको लागत १० करोड रुपैयाँ हो । यो यसै बर्षको असार मसान्तभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको छ ।
Categorized in स्थानीय