नेतृत्व विकास तालिम सम्पन्न
SamacharDesk – समाचारडेस्क रिपाेर्टर | २०८१ फाल्गुण ५, सोमबार

श्री जोरगणेश सामुदायिक सिकाई केन्द्रले आयोजना गरेको नेतृत्व विकास तालीम सम्पन्न भएको छ ।
आज काठमाडौंमा सम्पन्न तालीमका सहभागीहरुलाई प्रमाण पत्र वितरण गर्दै तालीमको समापन गरिएको हो ।
प्रशिक्षक रूपेन्द्र महर्जनको नेतृत्वमा सहभागीहरूले नेतृत्व सिद्धान्त, समस्या समाधानका उपाय, निर्णय क्षमताको विकास र परिवर्तनकारी नेतृत्वको सिद्धान्तहरू सिकेका थिए ।
तालिमका क्रममा सहभागीहरूले टीमवर्क, संचार शैली र आत्म–प्रेरणाका विषयमा विभिन्न कार्यशालाहरूमा सहभागिता जनाए ।
यस अघि तालिमको औपचारिक उद्घाटन सत्रमा काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले पदमा पुग्नु मात्र नभएर समाजलाई सही दिशामा डोर्याउनु नै सफल नेतृत्व भएको विचार राखे ।
‘एक प्रभावकारी नेता आफू मात्र अघि बढ्दैन, बरु घर व्यवसाय, समुदायलाई संगठित गर्दै सबैलाई अवसर सिर्जना गरिदिन्छ’ कामपा उपप्रमुख डंगोलले भनिन् ।
कार्यक्रममा काठमाडौँ महानगरपालिका वडा नं. २३ का अध्यक्ष मचाराजा महर्जन, तालिमका प्रशिक्षक रूपेन्द्र महर्जनले समाजमा नेतृत्व तहको भूमिका, महत्व र तालीमको आवश्यकतालाई लिएर आआफ्ना विचार राखे ।
त्यस्तै आयोजक संस्था श्री जोरगणेश सामुदायिक सिकाई केन्द्रकी अध्यक्ष सजनी महर्जनले स्थानीय समुदायमा नेतृत्व विकासको आवश्यकताको बारेमा प्रकाश पारिन् ।
“हाम्रो समुदायको सशक्तीकरणका लागि प्रभावकारी नेतृत्व अपरिहार्य छ । यो तालिम नेतृत्वदायी क्षमता अभिवृद्धि गर्न तथा समाजमा सकारात्मक परिवर्तन ल्याउन महत्वपूर्ण कोसेढुंगा हुनेछ’ अध्यक्ष महर्जनको दावी हो ।
काठमाडौँ महानगरपालिका सामाजिक विभागको सहयोगमा सम्पन्न तालिम ६० जना सहभागीहरूले नेतृत्व विकास तालीमा लिएका थिए ।
Categorized in समाज