१३७ वर्षे पछि पहिलो पटक लेष्टर सिटि एफए कप च्याम्पियन
SamacharDesk – आकाश राजोपाध्याय | २०७८ जेठ २, आइतबार

लेष्टर सिटीले एफए कप फुटबलको उपाधि जितेको छ ।
शनिबार राति भएको फाइनल खेलमा चेल्सीलाई १–० गोलले पराजित गर्दै लेष्टरले पहिलो पटक उपाधि जितेको हो ।
लेष्टरले क्लब स्थापनाको १ सय ३७ वर्षेको इतिहासमा पहिलो पटक एफए कप जितेको हो । यस अघि लेष्टर चार पटक फाइनलमा पराजित भएको थियो ।
लेष्टरलाई जित दिलाउन युरी टियलमेन्सले ६३ औं मिनेटमा निर्णायक गोल गरे ।
यस्तै खेलको ८९ औं मिनेटमा चेल्सीका बेल चिलवेलले गोल गर्दा भीएआर प्रविधिमा अफसाइड देखिएपछि उनको गोल मान्य भएन ।
यो हारसँगै चेल्सीको भने नवौं पटक उपाधि जित्ने सपना विफल भएको छ ।
Categorized in स्पाेर्ट्स