arin enterprises

रेर्फ्रीलाई मुक्का हान्ने अध्यक्षलाई आजीवन प्रतिबन्ध

SamacharDesk – आकाश राजोपाध्याय | २०८० मङ्सिर २९, शुक्रबार

टर्कीको शीर्ष श्रेणीको लिग खेलमा रेफ्रीलाई मैदानमै मुक्का प्रहार गर्ने क्लब एमकेई अंकारागुकुका अध्यक्षलाई आजीवन प्रतिबन्ध लगाइएको छ ।

सोमबार टर्कीस फुटबल महासंघले क्लब अध्यक्ष फारुक कोकामाथि आजीवन प्रतिबन्धको घोषणा गरेको हो ।

यसको साथै क्लबलाई ५४ हजार पाउन्ड जरिमाना तोकिएको छ भने क्लबले पाँच होम म्याच बिना दर्शक खेल्नु पर्नेछ ।

यसअघि अध्यक्षले ३७ वर्षीय रेफ्री हलिल उमुत मेलरलाई मैदानमा मुक्का हानेपछि सबै लिग खेल स्थगित भएको थियो।

मेलर टर्कीका शीर्ष रेफ्री मध्येका एक हुन् र फिफाका लागि अन्तर्राष्ट्रिय खेल समेत सञ्चालन गर्छन् ।

आफ्नो टिम केकुर रिजेस्पोरसँग १–१ को बराबरीमा रोकिएपछि कोका रेफ्रीमाथि जाइलागेका थिए । रेफ्री मेलर मैदानमा लडेपछि उनीमाथि क्लबका अरु पदाधिकारले थप प्रहार गरेका थिए ।

मेलरको नाम युइएफएको एलिट रेफ्रीको सूचीमा पनि छन् ।

Categorized in स्पाेर्ट्स