हलुका सवारी चालक तालिम सम्पन्न
SamacharDesk – बिकाश | २०७७ पौष १७, शुक्रबार

प्रहरी जवानका लागि हलुका सवारी चालक तालिम शुक्रबार सम्पन्न भएको छ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा प्रहरी प्रधान कार्यालय सवारी महाशाखामा संचालित २२औं समूहको तालिम सम्पन्न गरिएको हो ।
समापन कार्यक्रममा महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक ई. नरोत्तम लाल प्रधानले प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र प्रदान गर्नुभयो ।
सो अवसरमा प्रहरी वरिष्ठ उपरीक्षक प्रधानले संगठनमा दक्ष सवारी चालकहरुको कमीलाई परिपूर्ति गर्नका साथै समयसापेक्ष नयाँ प्रबिधियुक्त सवारी साधनहरुको बारेमा दक्षता अभिबृद्धि गर्न तालिम सञ्चालन गरिएको बताउनुभयो ।
गत कात्तिक २३ गतेदेखि संचालित तालिममा ३० जना प्रहरी जवानले तालिम हासिल गरेका छन् ।
Categorized in समाज