मेस्सीले जित्यो २०२३ को बालोन डी ओर अवार्ड
SamacharDesk – आकाश राजोपाध्याय | २०८० कार्तिक १४, मंगलबार

अर्जेटिनी स्टार फुटबलर लियोनल मेस्सीले २०२३ को कीर्तिमानी बालोन डी ओरको अवार्ड हात पारेका छन् । म्यानचेस्टर सिटीका फरवार्ड एर्लिङ हालाण्डलाई पछि पार्दै मेस्सीले अवार्ड हात पारेका हुन् ।
अर्जेन्टिनालाई २०२२को विश्वकपको उपाधि जिताएका मेस्सीले करियरको आठौं बालोन डी ओर हात पारेका हुन् । मेस्सीलाई यस वर्षको अवार्डको मुख्य दाबेदार नै मानिएको थियो ।
योसँगै मेस्सी सर्वार्धिक बालोन डी ओरको अवार्ड जित्ने खेलाडि बनेको छ । मेस्सीपछि रोनाल्डोले सर्वाधिक ५ पटक यो अवार्ड जितेका छन् ।
पेरिसमा सोमबार राती फुटबल लिजेण्ड डेभिड बेकह्यामले मेस्सीलाई अवार्ड हस्तान्तरण गरेका थिए ।
अवार्डपछि मेसीले भने, ‘यस क्षणको मजा लिन यहाँ आउन पाउँदा खुसी लागेको छ।झ बालोन डी’ओरले वर्षको उत्कृष्ट फुटबलरलाई मान्यता दिन्छ र विश्वभरका १०० पत्रकारहरूले मतदान गरेका छन्।
सिटीका फरवार्ड हालाण्ड दोस्रो स्थानमा रहे भने पेरिस सेन्ट जर्मेन पीएसजीका फरवार्ड केलियन एमबाप्पे तेस्रो स्थानमा, केभिन डी ब्रुएन चौथौं र रोड्री पाँचौं स्थानमा रहे ।
सन् २०२२ को विश्वकपको उपाधि यात्रामा मेस्सीले सबै नकआउट खेलमा गोल गरेका थिए । क्लब फुटबलमा पीएसजीलाई लिग वान जिताउन १६ गोल र १६ गोलको अवसर सिर्जना गरेका थिए ।
यस्तै हालाण्डलाई पनि यस पटकको अवार्डको मुख्य दाबेदारको रुपमा मानिएको थियो । उनले गत सिजन सिटीका लागि ५२ गोल गर्दै क्लबलाई ऐतिहासिक ट्रेबल उपाधि जिताएका थिए ।
यस्तै महिलातर्फ स्पेनीस फुटबलर आइटाना बोनामाटीले बालोन डी ओर अवार्ड हात पारिन् । बोनमाटीले चेल्सी तथा अष्ट्रेलियाका स्ट्राइकर साम केरलाई पछि पार्दै यो अर्वाड जितेकि हुन् ।
केर दोस्रो स्थानमा रहेकी छिन् भने उनको स्पेन र बार्सिलोनाका साथी सलमा पारालुलो तेस्रो स्थानमा छिन् । उनले स्पेनलाई पहिलो महिला विश्वकप जिताउन प्रमुख भुमिका निभाएकी थिइन् ।
यस्तै बोनमाटीलाई प्लेयर अफ द टुर्नामेन्ट घोषित गरेपछि उनले व्यापक रूपमा कमाएकी थिइन् ।
Categorized in स्पाेर्ट्स