arin enterprises

साहित्यकार अमात्यको ‘तिकि तिकि’ सार्वजनिक

SamacharDesk – बिराज | २०७७ फाल्गुण २८, शुक्रबार

साहित्यकार मोक्षबहादुर अमात्यको नेपालभाषाको हाइकु पुस्तक र एकल रचनामा म्यूजिक एलबम रिलिज भएको छ ।

काठमाडौंमा आयोजित एक कार्यक्रममा अमात्यको हाइकु पुस्तक ‘तिकि तिकि’ र सांगितिक एलबम ‘छ व जि’ सार्वजनिक गरिएको छ ।

कार्यक्रममा साहित्यकार डा. मोहन हिमांशु थापा, ई ल्वहँ पब्लिकेशनका प्रवन्ध निर्देशक नरेशबीर शाक्य, साहित्यकार डा. पुष्पराज राजकर्णिकार, सुरेश प्रधान, शाक्य सुरेन, यज्ञरत्न धाख्वाः लगायतले संयुक्त रुपमा पुस्तक र एल्बमको लोकार्पण गर्नुभयो ।

कार्यक्रममा साहित्यकार अमात्यले मातृभाषाको सेवाको लागि आफुले कलम चलाउँदै आएको बताउँदै समयसँग साहित्य पनि अघि बढ्नुपर्ने विचार राख्नुभयो ।

ई ल्वहँ पब्लिकेशनका मुख्य व्यवस्थापक दर्शनवीर शाक्यले नेपालभाषाको उत्थान र साहित्यकारको प्रोत्साहनको लागि ई ल्वहँबाट निरन्तर विभिन्न साहित्यकारहरुको पुस्तक साथै म्यूजिक एलबम समेत प्रकाशन गर्दै आएको जानकारी गराउनुभयो ।

कार्यक्रमका वक्ताहरुले पुस्तक र एलबमका रचनाको बारेमा आआफ्नो विचार राख्दै हाइकुको प्रकृति र नियम सम्वन्धि चर्चा गरेका थिए ।

Categorized in पेजथ्री