लिभरपुलका प्रशिक्षक क्लोपलाई दुई खेलको प्रतिबन्ध
SamacharDesk – आकाश राजोपाध्याय | २०८० जेठ ५, शुक्रबार

प्रतिबन्ध इंग्लिस क्लब लिभरपुलका प्रशिक्षक जुर्गेन क्लोपलाई दुई खेलको प्रतिबन्ध लगाइएको छ ।
क्लोपले रेफ्री पाउल टियर्नीको बारेमा अमर्यादित टिप्पणी दिएपछि प्रतिबन्ध लगाइएको हो ।
गत महिना टोटेनहमविरुद्ध लिभरपुलको खेलपछि उनले रेफ्री टियर्नी आफूविरुद्ध भएको प्रतिक्रिया दिएका थिए ।
क्लोपलाई ७५ हजार पाउन्ड समेत जरिवाना गरिएको छ ।
उनले अब आइतबारको एनफिल्डमा एस्टन भिल्लासँगको खेल गुमाउनेछन् ।
तर दोस्रो खेलको प्रतिबन्ध भने २०२३–२४ सिजनमा हुनेछ ।
जसको अर्थ क्लोपले साउथह्याम्प्टन विरुद्धको सिजनको अन्तिम खेल गुमाउने छैनन् ।
Categorized in स्पाेर्ट्स