लिभरपुल इएफएल कपको चौथो चरणमा
SamacharDesk – आकाश राजोपाध्याय | २०८० आश्विन ११, बिहिबार

लिभरपुल इएफएल कपको चौथो चरणमा प्रवेश गरेको छ ।
बुधबार राति लिभरपुलले लेस्टर सिटिमाथि ३–१ को जित निकालेको हो ।
घरेलु मैदान एनफिल्डमा भएको खेलको तेस्रो मिनेटमै केसी मेकएटरले लेस्टरलाई सुरुआती अग्रता दिलाएका थिए ।
कोडी गोकपोले दोस्रो हाफमा गोल गर्दै लिभरपुललाई खेलमा फर्काएका थिए । डोमिनिक स्लोबोस्जलाइले ७० औं मिनेटमा शानदार गोल गर्दै लिभरपुललाई अग्रता दिलाए ।
डिएगो जोटाले खेल सकिन एक मिनेट बाँकी छदाँ गोल गर्दै लिभरपुललाई ३–१ को जित दिलाए ।
लिभरपुलले चौथो चरणमा बर्नेमाउथसँग प्रतिस्पर्धा गर्नेछ ।
Categorized in स्पाेर्ट्स