लिभरपुल शीर्ष चारमा उक्लियो
SamacharDesk – आकाश राजोपाध्याय | २०७८ जेठ ६, बिहिबार

इंग्लिस प्रिमियर लिगमा लिभरपुल शीर्ष चारमा उक्लिएको छ ।
बुधबार राति भएको खेलमा लिभरपुलले बर्नलीलाई ३–० गोल अन्तरले हराउँदै शीर्ष चारमा उक्लिएको हो ।
लिभरपुललाई जित दिलाउने क्रममा रोबर्टो फिर्मिन्हो ४३ औं मिनेटमा, फिलिप ५२औं मिनेटमा र अक्सलाड चेम्बरलिनले ८८औं मिनेटमा गोल गरेका थिए ।
यो जितसँगै लिभरपुलले शीर्ष चारभित्र उक्लिन्दै युरोपियन च्याम्पियन्स लिगमा छनोट हुने सम्भावना बलियो भएको छ ।
चौथो स्थानमा उक्लिएको लिभरपुल र पाँचौ स्थानको लेस्टरको ६६–६६ अंक छ । लिभरपुलले लेस्टरलाई गोलअन्तरमा पछि पारेको हो ।
तेस्रो स्थानको चेल्सीको ६७ अंक रहेको ।
अब अन्तिम खेलपछि तीन मध्ये दुई टिम शीर्ष चारमा रहेर च्याम्पियन्स लिगमा छनोट हुने टुंगो लाग्नेछ ।
Categorized in स्पाेर्ट्स
