arin enterprises

नेपालभाषा पाठ्यक्रम पठनपाठन गराउन विद्यालयलाई लमपाको निर्देशन

SamacharDesk – बिराज | २०८१ जेठ ३, बिहिबार

ललितपुर महानगरपालिका (लमपा) ले मातहतका संस्थागत विद्यालयहरुलाई नेपालभाषा पाठ्यक्रम पठनपाठन गराउन निर्देशन दिएको छ ।

मातहतका सबै संस्थागत विद्यालयहरुको नाममा एक पत्र जारी गर्दै लमपाले नेपालभाषा पाठ्यक्रम पठनपाठन नगरिएको भए अनिवार्य रुपमा पठनपाठनको व्यवस्था मिलाउन भनेको हो ।

लमपा शिक्षा महाशाखाका प्रमुख महेन्द्र बहादुर क्षेत्रीबाट जारी भएको पत्रमा कक्षा ३ सम्म नेपालभाषा पाठ्यक्रम लागू भइसकेको र त्यसभन्दा माथिल्लो कक्षाको पाठ्यक्रम तयार गर्ने कार्य भइरहेको जनाइएको छ ।

साथै नेपालभाषा शिक्षण गर्ने शिक्षकहरुलाई अभिमुखीकरण र तालीम कार्यक्रम समेत सञ्चालन गरिने पनि महानगरपालिकाले बताएको छ ।

सोही पत्रमार्फत लमपाले अभिमुखीकरण र तालीम कार्यक्रमका लागि विद्यालयमा नेपालभाषा विषय अध्यापन गराउने शिक्षकहरुको विवरण समेत माग गरेको छ ।

Categorized in स्थानीय