सार्वजनिक यातायातको भाडा घट्यो
SamacharDesk | २०८० श्रावण ११, बिहिबार

पेट्रोलियम पदार्थमा मूल्य घटेको दुई सातापछि काठमाडौं उपत्यकासहित बागमती प्रदेशमा सार्वजनिक यातायातको भाडा घटेको छ ।
बागमती प्रदेश सरकारले सार्वजनिक सवारी साधनको नयाँ भाडादर हेरफेर गरेको हो । भाडादर समायोजनका लागि प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले विहीबार मन्त्रीस्तरीय निर्णयअनुसार भाडादर समायोजन गरेको छ ।
बागमती प्रदेश सरकारले यात्रुवाहक सवारीसाधनमा गत जेठ ११ गतेदेखि लागू गरेको भाडादरमा २ दशमलव ३० प्रतिशत भाडा कम गरेको छ । नयाँ भाडादरअनुसार काठमाडौं उपत्यकाभित्रका सार्वजनिक सवारीसाधनको भाडा एक रुपैयाँले घटेको छ ।
काठमाडौं उपत्यकाभित्र सार्वजनिक बसमा शून्यदेखि पाँच किलोमिटरसम्म यात्रा गर्दा अब १८ रुपैयाँ भाडा लाग्नेछ । उपत्यकाभित्र १० किलोमिटर यात्रा गर्दा अब २४ रुपैयाँ भाडा लाग्ने छ ।
यस्तै,बागमती प्रदेशमा सञ्चानल हुने मालवाहक सवारीसाधनको भाडा १३ रुपैयाँ ७४ पैसा प्रतिटन प्रतिकिलोमिटर तय गरिएको छ ।
विद्युतीय माध्यमबाट सञ्चालित यात्रुवाहक सवारीसाधन र यात्रुवाहक सवारीसाधन ट्याक्सीको हकमा भने २०७९ को वैशाख १ देखि जारी भाडा दर नै कायम रहेको मन्त्रालयले जनाएको छ ।
Categorized in राष्ट्रिय