उपत्यकामा ३१ गतेसम्म निषेधाज्ञा थप
SamacharDesk – बिकाश | २०७८ जेठ १९, बुधबार

केही खुकुलो हुने काठमाडौं उपत्यकामा आउँदो जेठ ३१ गतेसम्मका लागि निषेधाज्ञा थप गरिएको छ ।
काठमाडौंका ३ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयुक्त वैठकले ३१ गतेसम्मका लागि निषेधाज्ञा थप्ने निर्णय गरेको हो ।
निषेधाज्ञालाई केही खुकुलो भने बनाइने भएको छ । अब निषेधाज्ञा थप भएको अवधिमा किराना पसल भने खुल्ने भएको छ । साथमा ग्रोसरी पनि खोल्न पाइने जनाइएको छ ।
जेठ २१ बाट थप भएको निषेधाज्ञा अवधिमा बिहान ९ बजेसम्म किराना पसल खोल्न पाइनेछ ।
यस अघि २० गतेसम्मलाई कायम निषेधाज्ञामा किराना पसल खोल्नमासमेत रोक लगाइएको थियो ।
त्यसैगरी अबको निषेधाज्ञा निर्माण सामग्री ढुवानीको सवारी साधन राति ९ बजेदेखि बिहान ४ बजेसम्म संचालन गर्न पाइनेछ ।
Categorized in समाज