arin enterprises

गोठमा आगलागी हुँदा लाखौंको क्षति

SamacharDesk – समाचारडेस्क रिपोर्टर | २०८० माघ १०, बुधबार

सिरहामा आज (बुधबार) एउटा गोठमा आगलागी हुँदा करीब ६ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

सिरहाको रमौलस्थित अशोक कुमार मण्डलको गोठमा आगलागी भएको हो ।

विद्युत सर्ट भई आगलागी भएको प्रहरीले जनाएको छ ।

प्रहरी र स्थानीय वासिन्दा मिलेर आगो नियन्त्रणमा लिएको थियो ।

घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ ।

Categorized in समाज