arin enterprises

मानवरहित लुना–२५ अन्तरिक्ष यान दुर्घटनाग्रस्त

SamacharDesk | २०८० भाद्र ३, आइतबार

रुसको मानवरहित लुना–२५ अन्तरिक्ष यान चन्द्रमामा दुर्घटनाग्रस्त भएको छ ।

रुसले करिब ५० वर्षपछि गत अगष्ट १० मा प्रक्षेपण गरिएको यान ६ दिनमा चन्द्रमाको दक्षिणी ध्रुबमा अवतरण गर्ने क्रममा दुर्घटनामा परेको हो ।

लुना–२५ नामक चन्द्र मिशन अन्तरिक्ष यान चन्द्रमाको दक्षिणी ध्रुवमा अवतरण गर्ने पहिलो यानको रुपमा प्रक्षेपण गरिएको थियो । तर आफ्नो प्रि—ल्याण्डिङ कक्षमा पुग्दा समस्या आएपछि असफल भएको छ ।

यो चन्द्रमाको एक भाग अन्वेषण गर्न सेट गरिएको थियो जसमा वैज्ञानिकहरूले जमेको पानी र बहुमूल्य तत्वहरूको खोज गर्न सक्ने बताइएको थियो ।

रुसको अन्तरिक्ष निगम रोजकोसमोसले शनिबार बिहान १४ः५७ बजेपछि लुना—२५ सँग सम्पर्क टुटेको बताएको छ।

एक विज्ञप्तिमार्फत करिब ८०० केजी ल्यान्डर चन्द्रमाको सतहसँग टक्करको परिणाम स्वरुप उक्त दुर्घटना हुन गएको जनाएको छ ।

यो मिसन किन असफल भयो भनेर विशेष आयोगले हेर्ने बताएको छ। भारतको चन्द्रयान ३ अर्को साता त्यहाँ अवतरण गर्ने प्रयासमा रहेको छ ।

भारत भन्दा अघि यान अवतरण गर्ने रुसी प्रयास असफल भएको छ ।

Categorized in अन्तर्राष्ट्रिय