माछापुच्छ्रे बैंकको सीजी डिजिटलमा छुट
SamacharDesk | २०७९ माघ १७, मंगलबार

माछापुच्छ्रे बैंक लिमिटेडले डिजिटल कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्यकासाथ सीजी डिजिटलका आउटलेटमा विशेष छुट योजना संचालनमा ल्याएको छ ।
जस अन्तर्गत बैंकका ग्राहकले देशैभर रहेकासिजी डिजिटलबाट इलेक्ट्रोनिक सामाग्री खरिद गर्दा २० प्रतिशतसम्म छुट प्राप्त गर्नेछन् ।
यो सुविधा बैंकका ग्राहकलाई २०७९ फागुन १५ गते सम्म मात्र कायम रहनेछ । बैंकले आफ्ना डेबिट/क्रेडिट कार्ड प्रयोगकर्ताहरुलाई मध्यनजर गर्दै उक्त सुविधा संचालनमा ल्याएको हो ।
डिजिटल कारोबारलाई बढावा दिन बैंकले देशभर रहेका विभिन्न संघसंस्था तथा व्यापार व्यवसायसंग व्यवसायिक सम्झौता गरि आफ्ना ग्राहकहरुलाई आकर्षक सुविधा प्रदान गर्दै आएको छ ।
साथै माछापुच्छ्रे बैंकलि.का क्रेडिटकार्ड प्रयोगकर्ताले शुन्य प्रतिशत इएमआई भुक्तानीबाट पनिसीजी डिजिटलका इलेक्ट्रोनिक सामाग्री खरिद गर्न सक्ने छन् ।
Categorized in बिजनेस