शिक्षण अस्पतालमा आगलागीबाट मेसिन र टहरा जलेर नष्ट
SamacharDesk – बिकाश | २०७७ भाद्र २२, सोमबार

काठमाडौं महाराजगंजस्थित त्रिवि शिक्षण अस्पताल गाईनो वार्ड नजिकको टिनको टहरा जलेर करोड बढिको धनमाल जलेर नष्ट भएको छ ।
फोहोर डिस्पोज गर्ने मेशिन राख्न बनाएको टिनको टहरा जलेको हो ।
टहरामा डिजेलबाट आगो सल्किएर आगलागी हुँदा मेसिन र टहरा समेत जलेर करिब १ करोड ५० लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको हो ।
दमकल र स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको थियो ।
घटनाको सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान थालिसकेको छ ।
Categorized in समाज