माधवनारायण परदेश यात्रा – चाँगु
काठमाडौंबाट १७ किलोमिटर उत्तरपूर्वमा अवस्थित प्राचीन नगरी शंखरापुर अर्थात साँखुमा हाल माधवनारायण स्वस्थानी व्रत चलिरहेको छ ।
माधवनारायण व्रतको अवसरमा व्रतालुहरु परदेश यात्राको क्रममा विभिन्न समयमा विभिन्न धार्मिक क्षेत्रहरु प्रस्थान गर्ने गर्दछन् ।
यसै क्रममा गत माघ शुक्ल एकादशी (माघ २९) शनिबारका दिन व्रतालुहरु चाँगुनारायण पुगेका थिए भने माघ शुक्ल द्वादशी (फागनु १) का दिन चाँगुनारायण नगरपालिकाको शंख (शाङ) दहमा व्रतालुहरुले स्नान गरी माधवनारायणको पूजा अर्चना गरेका थिए ।
सोही शाङदहको पूजाका फोटोहरु यहाँ प्रस्तुत छ ।
