arin enterprises

लिभरपुललाई रियलले हरायो

SamacharDesk – आकाश राजोपाध्याय | २०७९ फाल्गुण १०, बुधबार

यूईएफए च्याम्पियन्स लिगको अन्तिम १६ अन्तर्गत पहिलो लेगमा स्पेनिस क्लब रियल म्याड्रिडले इंग्लिस लिभरपुललाई हराएको छ । मंगलबार भएको खेलमा रियलले लिभरपुललाई ५–२ ले हराएको हो ।

लिभरपुलको घरेलु मैदानमा भएको खेलको चौंथो मिनेटमा डार्विन नुनेजले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए । १४ औं मिनेटमा मोहमद सलाहले गोल गर्दै घरेलु टोलीको अग्रता दोब्बर बनांए ।

तर २१ औं मिनेटमा भिनिसियस जुनियरले गोल गर्दै रियललाई २–१ को स्थितिमा ल्याए । ३१ औं मिनेटमा जुनियरले व्यक्तिगत दोस्रो गोल गर्दै रियललाई २–२ को बराबरीमा ल्याए ।

यसैगरी, ४७ औं मिनेटमा इडर मिलिटाओले गोल गरेपछि रियलले ३–२को अग्रता लिए । ५५ औं मिनेटमा करिम बेन्जिमाले गोल गर्दै रियल ४–२ ले अघि बढे ।

त्यसपछि ६७ औं मिनेटमा बेन्जिमाले व्यक्तिगत दोस्रो गोल गरेपछि पाहुना टोलीलाई ५–२ ले  जित दिलाए ।

पहिलो लेगको खेल  हारेसँगै लिभरपुल दोस्रो लेगको खेलपूर्व दबाबमा आएको छ ।

यी दुई टोलीबीचको दोस्रो लेग रियलको घरेलु मैदानमा मार्च १६ मा हुनेछ ।

Categorized in स्पाेर्ट्स