सेभिल्ला माथि म्याड्रिडको जित
SamacharDesk – आकाश राजोपाध्याय | २०७९ कार्तिक ६, आइतबार

स्पेनिस ला लिगामा रियल म्याड्रिडले जित निकालेको छ । शनिबार राति भएको खेलमा म्याड्रिडले सेभिल्लालाई ३–१ ले हराएको हो ।
घरेलु मैदानमा भएको खेलमा म्याड्रिडले लुका मोड्रिचको गोलमा अग्रता बनायो थियो । उनलाई भिनिसियस जुनियरले पास उपलब्ध गराएको थियो ।
दोस्रो हाफको ५४ औं मिनेटमा सेभिल्लाका ईरिक लामेलाले गोल गर्दै खेलमा बराबरीको अवस्थामा पुर्याए ।
लुकास वाजक्विेजले ७९औं मिनेटमा गोल गर्दै खेललाई २–१ स्थीतीमा ल्याए । ८१ औं मिनेटमा फेड वाल्वरडेले गोल गरेपछि रियल म्याड्रिडले सहज जित निकालेको हो ।
यो जितसँंगै रियल म्याड्रिडले लिग तालिकामा ६ अंकको अग्रता लिन्दै शीर्ष स्थानमा छ । सेभिल्ला १० अंक सहित तालिकाको १४ औं स्थानमा छ ।
दोस्रो स्थानको बार्सिलोनाले गत हप्ता बर्नवेउको रियल मड्रिडसँग हार ब्यहोरेको थियो ।
Categorized in स्पाेर्ट्स