वरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य सम्मानित
SamacharDesk | २०७९ आश्विन २, आइतबार

मेट्रो एफएम ९४.६ को २३औँ स्थापना दिवसका अवसरमा वरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य सम्मानित हुनुभएको छ ।
उहाँहरूलाई जनही ५० हजार रुपियाँसहित सम्मान गरिएको हो ।
कार्यक्रममा काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले स्थानीय तहले सञ्चालन गरेको दक्षिण एसियाकै पहिलो रेडियो स्टेसन मेट्रो एफएमले नागरिकको सूसुचित हुन पाउने अधिकारको प्रत्याभूति दिलाएको बताउनुभयो ।
उहाँले विगत लामो समयदेखि अभिनय तथा लेखनको माध्यमबाट नेपालको राजनीतिक, सामाजिक मुद्दालाई नै सकारात्मक प्रभाव पार्न सफल नेपालीले अत्यन्त रुचाएका व्यक्तित्वहरू श्रेष्ठ र आचार्यलाई सम्मान गर्न पाउँदा गौरवान्वित महसुस भएको बताउनुभयो ।
प्रमुख शाहबाट सम्मान ग्रहण गरेपछि श्रेष्ठले शाहको कामको चर्चा गरेका थिए । उनले शाहले विधिको शासन चलाएको भन्दै धन्यवाद दिएका थिए ।
उनले फुटपाथ व्यवासायीहरुलाई हङकङमा जस्तो नाईट मार्केट वा सवारी साधान नरोक्न स्थानमा व्यवस्थाप गर्न सकिने उपाय हुन सक्ने पनि प्रमुख शाहलाई सुुझाव दिएका थिए ।
त्यसैगरी सम्मानित कलाकार हरिवंश आचार्यले पनि प्रमुख शाहको प्रशंसा गरेका थिए । अचार्यले अहिलेको मेयर, उपमेयरबाट सम्मान लिन मिल्ने जस्तो भएकोले सम्मान लिएको बताए ।
महानगरका उपप्रमुख सुनिता डङ्गोलले करिब दुई दशकदेखि सञ्चालित मेट्रो एफएमलाई समय सान्दर्भिक ढङ्गले परिवर्तन गर्दै महानगरवासीसहित अन्य नागरिकलाई सुसूचित गर्दै जानुपर्ने विचार व्यक्त गर्नुभयो ।
Categorized in पेजथ्री