थापाथलीमा अनधिकृत रुपमा बनेका भवनमा महानगरको डोजर
SamacharDesk | २०७९ आश्विन २९, शनिबार

महानगरले अनधिकृत घर टहरामा डोजर चलाउने अभियान जारी नै राखेको छ ।
चाडवाडको समयमा केही मत्थर भए पनि चाडवाड सकिएलगत्तै फेपिर तिब्रता दिने महानगर प्रहरी प्रमुख राजु पाण्डेले जानकारी दिनुभयो ।
यसै क्रममा महानगरले थापाथलीको बाग्मती किनारमा रहेका अनधिकृत संरचनामा डोजर लगाएको छ । यसक्रममा रुद्रेश्वर महादेव भजन मण्डल, साइवावा भवन र क्रियापुत्री भवनमा डोजर लगाइएको हो ।
यसअघि वाग्मती सभ्यताले अनधिकृत संरचना भत्काउन खोजेको थियो । तर, असफल भएपछि महानगरलाई अनधिकृत संरचनामा भत्काइदिन आग्रह गरेको बताइएको छ ।
वाग्मती किनारमा रहेका अनधिकृत संरचनालाई निरन्तर हटाउने महानगरले अनधिकृत संरचना हटाउने अभियान चलाएर विभिन्न स्थानमा डोजर लगाइरहेको छ ।
Categorized in स्थानीय