महानगरले १५ हजारलाई रोजगारी दिने
SamacharDesk | २०८० माघ ३, बुधबार

काठमाडौं महानगरपालिकाले हरेक वर्ष १५ हजारलाई रोजगारी दिने जनाएको छ ।
काठमाडौं महानगरकी उप्रमुख सुनिता डंगोलले १० वटा गौरवका योजनाहरुबाट हरेक वर्ष १५ हजारलाई रोजगारी दिने जनाएको छ ।
मंगलवार काठमाडौंमा महानगर गौरव योजना “रोजगारी र आय वृद्धि, काठमाडौंको समृद्धि’कार्यक्रमको समुद्घाटन कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।
उहाँले महानगरवासीलाई स्वरोजगार बनाई आय वृद्धिका लागि महानगरले गौरवका योजनामार्फत सीप विकासको काम गर्न लागेको बताउनु भयो ।
उहाँले १० वटा गौरवका योजनाहरुमा महत्वपूर्ण योजना रोजगारीसँग जोडिएको बताउनु भयो । उपप्रमुख डंगोलले महानगरले हरेक वर्ष कम्तिमा १५ हजार महानगरबासीलाई दक्षजनशक्ति बनाएर रोजगारी दिने क्षमता राख्नुपर्ने लक्ष्य लिएर काम गरिहरको उल्लेख गर्नुभयो ।
उहाँले सीप र दक्षता भएकालाई रोजगार दिने र जनशक्ति उत्पादन बीचको खाडल पूर्ण महानगरले सीप विकास तालिम दिने बताउनु भयो ।
उहाँले तालिमको उदेश्य रोजगारी,आय वृद्धि र क्षमता विकास गर्ने रहेको बताउनु भयो ।
Categorized in स्थानीय