arin enterprises

छात्रवासलाई सूचिकृत हुन महानगरको निर्देशन

SamacharDesk | २०८१ कार्तिक २०, मंगलबार

काठमाडौँ महानगरपालिकाले छात्रावासलाई अनिवार्य रूपमा महानगरपालिकामा सूचिकृत हुन निर्देशन दिएको छ ।

आफ्नो क्षेत्रभित्र सञ्चालित छात्रवासहरुलाई महानगरपालिकाले सूचिकृत हुन निर्देशन दिएको हो । छात्रावास व्यवस्थित र मर्यादित, सुरक्षित र पारदर्शी बनाई छात्रावासको व्यवस्थापनमा एकरूपता ल्याउन तथा छात्रावासभित्र बस्ने छात्रछात्राको हितलाई सुनिश्चित गराउन सूचिकृत गर्नु परेको महानगरपालिकाले जनाएको छ ।

विगतमा जिल्ला शिक्षा कार्यालयबाट स्वीकृति लिएर महानगरपालिकाभित्रको वडामा मात्रै दर्ता हुने गरेका छात्रावासलाई महानगरपालिकाको शिक्षा विभागले आफू मातहत ल्याउन लागेको हो ।

गत वर्ष काठमाडौँ महानगरपालिकाले छात्रावास सञ्चालनसम्बन्धी मापदण्ड, २०८० जारी गरेको थियो । कार्यविधिले तोकेको मापदण्ड पूरा गर्ने छात्रावासलाई मात्रै सञ्चालन अनुमति दिने महानगरपालिकाका शिक्षा अधिकारी गोविन्दप्रसाद शर्माले बताउनुभयो ।

तोकिएको मापदण्ड पूरा गरेको छ वा छैन भन्ने विषयमा स्थलगत अनुगमन गरीने पनि उहाँले बताउनुभयो ।

Categorized in स्थानीय