arin enterprises

महांकाल परिसरका सत्तलहरु पुनर्निर्माण शुरु

SamacharDesk | २०८१ मङ्सिर २५, मंगलबार

काठमाडौं महानरपालिकाले महांकाल मन्दिर परिसरको सत्तल पुनर्निर्माणको काम सुरु गरेको छ ।

सोमबार महानगर उपप्रमुख सुनिता डंगोलले सत्तलको जग पूजा तथा शिलान्यास गरी सो कार्य सुरु भएको हो । 

सम्पदा तथा पर्यटन समितिका संयोजक वडा नं. ८ का वडाध्यक्ष आशामान संगत, २२ वडाका वडाध्यक्ष चिनिकाजी महर्जन लगायत गुथियार तथा पुजारीहरुको उपस्थितिमा जग पूजा तथा शिलान्यास कार्य सम्पन्न भएको छ ।

सत्तल निर्माणका लागि काठमाडौं महानगरपालिकाको १० करोड ५ लाख १० हजारको अनुदानबाट निर्माण हुन लागेको जनाइएको छ ।

सत्तल ऐतिहासिक मल्लकालिन शैलीमा निर्माण गर्ने लागिएको निर्माण पक्षको जनाएको छ ।

Categorized in समाज