arin enterprises

जापानमा नेपाली डकुमेन्ट्रीको चर्चा

SamacharDesk | २०७९ चैत्र ९, बिहिबार

फोटो पत्रकार संजय महर्जनले निर्माण गरेको डकुमेन्ट्री ‘जर्नी टु भक्तपुर–द होमटाउन अफ नेप्लिज सेरामिक्स’ले यतिबेला जापानमा निकै चर्चा पाएको छ ।

सो डकुमेन्ट्री तीन महिनासम्म जापानको म्युजियमहरुमा देखाइएको थियो । महर्जनका अनुसार जापानको ताकाहामा शहरको कावारा म्युजियम अफ आर्टमा २०२२ डिसेम्बर १७ देखि देखि १९ मार्च ९५ चैत्र २०७९० सम्म प्रदर्शनमा राखिएको थियो ।

डकुमेन्ट्री अवलोकन गर्न आएका हजारौं दर्शकहरुले निकै रुचाएको पत्रकार महर्जनले बताए । उक्त डकुमेन्ट्री नेपाली तथा जापानी विद्यार्थीहरुका लागि निकै उपयोगी हुने उहाँले बताए । उक्त डकुमेन्ट्री भक्तपुरका कलात्मक सम्पदा, कला, संस्कृति, जिवनशैली समेटेर तयार पारिएको छ ।

‘जर्नी टु भक्तपुर – द होमटाउन अफ नेप्लिज सेरामिक्स डकुमेन्ट्र गो टु ट्राभल (जर्नी अफ द आर्टिष्ट) शिर्षकको प्रदर्शनीमा फोटोग्राफर महर्जनले संकलन गरेको हो । यसमा नेपालका विभिन्न कलात्मक इट्टा, टाइल तथा उहाँले खिचेका फोटो र डकुमेन्ट्री हेर्न सकिनेछ ।

डकुमेन्ट्रीमा भक्तपुरमा देखिने पुराना शैलीका कलात्मक घर, घरको छानामा प्रयोग गरिएको टाइल, कलात्मक बुट्टे इट्टाहरु तथा भक्तपुरका प्रजापती समुदायले बनाउने माटोका भाडाँकुडा र अन्य सामाग्री सम्बन्धि बिशेष खोज गरि वृत्तचित्रमा देखिन पाईन्छ । उक्त डकुमेन्ट्री जापानी विद्यार्थीहरुका लागि समेत धेरै नै उपयोगी देखिएकोले मार्च १९ को विशेष कार्यक्रम पछी कावारा म्युजियममा प्रदर्शनी समापन भए पनि टोकियो, ओसाका, ओकिनावा लगाएत सहरहरुमा पनि प्रदर्शनीमा राखिने भएको छ । 

सुन्दरी मिका नामले परिचित नेपाल–जापानबीचको साँस्कृतिक सम्बन्धलाई बिम्बका रुपमा उजागर गर्दै आइरहेकी जापनी गायिका ताकागी मिकाको निर्माणमा उक्त डकुमेन्ट्री निर्माण भएको हो ।

साथै २०२३ मा हुने यामागाता अन्तरास्ट्रिय डकुमेन्ट्री फिल्म फेस्टिभलको लागि समेत तयारीमा रहेको मिकाले बताईन । महर्जन ज्ञानमाला सांस्कृतिक संगित प्रतिष्ठानका प्रशिक्षक तथा वाध्यबादक समेत रहनुभ एको छ । सो अवसरमा महर्जनले आफ्नो पहिलो अन्तर्राष्ट्रिय प्रदर्शनी भएकोले एकदमै उत्साहित रहेको बताए ।

डकुमेन्ट्री, फोटो प्रदर्शनी तथा कन्सर्ट कार्यक्रमलाई जापानको परराष्ट्र मन्त्रालयले २०२२ जापान दक्षिणपश्चिम एशिया आदन प्रदान वार्षिकोत्सवको रूपमा पनि मान्यता दिइएको छ ।

Categorized in समाज