arin enterprises

नेपालभाषा एकेडेमीको नयाँ चान्सलरमा मल्ल

SamacharDesk – बिजयरत्न | २०८१ माघ २०, आइतबार

नेपालभाषाको साहित्यिक र बौद्धिक क्षेत्रको प्राज्ञिक संस्था नेपालभाषा एकेडेमीको नयाँ चान्सलरको रुपमा मल्ल के सुन्दर सर्वसम्मत चयन भएका छन् ।

शनिबार सम्पन्न एकेडेमीको २४औं वार्षिक साधारण सभाबाट मल्ल सर्वसम्मत चान्सलर चयन भएका हुन् ।

सभाले डा. पुष्पराज राजकर्णिकार भाइस चान्सलर, महेन्द्र गोपाल कर्माचार्य सदस्य सचिव र वीर प्रसाद भन्सारीलाई कोषाध्यक्ष चयन गरेको छ ।

त्यसैगरी दस सदस्यीय प्राज्ञहरुमा प्रा. प्रेमशान्ति तुलाधर, शशीकला मानन्धर, राजेन्द्र महर्जन पुता, राजितबहादुर श्रेष्ठ, विद्या चित्रकार र विजयरत्न असंबरे सर्वसम्मत चयन भएका छन् ।

१५ सदस्यीय कार्यकारिणी समितिका लागि बाँकि पाँच प्राज्ञहरु सहवरण प्रक्रियाबाट निर्मल बज्राचार्य, रजनी मिला, शाक्य सुरेन, तुल्सी सायमि र कृष्णभक्त महर्जन मनोनयन गर्ने निर्णय नवनिर्वाचित कार्यकारिणी समितिको पहिलो बैठकले गरेको छ ।

बैठकले   निवर्तमान चान्सलर यज्ञरत्न धाख्वाःलाई एकेडेमीको संरक्षक पदमा मनोनयन गरेको छ ।

यस अघि साधारण सभामा एकेडेमिका तत्कालीन चान्सलर यज्ञरत्न धाख्वाः, तत्कालीन भाइस चान्सलर मल्ल के सुन्दर लगायतले एकेडेमीको गतिविधि, कार्यक्रम र कार्य योजना बारे प्रकाश पारेका थिए ।

त्यसैगरी तत्कालीन सदस्य सचिव डा पुष्पराज राजकर्णिकारंले वार्षिक कार्य प्रगति प्रतिवेदन र कोषाध्यक्ष वीर प्रसाद भन्सारीले आर्थिक प्रतिवेदन प्रतिवेदन प्रस्तुत गरेका थिए ।

Categorized in समाज