arin enterprises

ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

SamacharDesk – समाचारडेस्क | २०८० फाल्गुण ४, शुक्रबार

तनहुँमा भएको ट्याक्टर दुर्घटनामा ट्याक्टरमा सवार एक पुरुषको मृत्यु भएको छ ।

तनहुँको शुक्लागण्डकी नगरपालिका–११ कालिकोटस्थित सडकमा गाछेपानीबाट चिसापानीतर्फ जाँदै गरेको ग.१ त २५३२ नम्बरको ट्याक्टर आज (शुक्रबार) बिहान दुर्घटना भएको थियो ।

सोही दुर्घटनामा ट्याक्टरमा सवार सोही नगरपालिका–२ गाछेपानी बस्ने २४ वर्षीय सोम बहादुर परियारको घटनास्थलमै मृत्यु भएको हो ।

ट्याक्टर चालक हाल फरार रहेको र चालको खोजी गरिरहेको प्रहरीले जनाएको छ । 

Categorized in समाज