सवारी दुर्घटनामा परी सुनारको मृत्यु
SamacharDesk – बिकाश | २०७७ कार्तिक ४, मंगलबार

काठमाडौंको गोकर्णस्थित आज विहान भएको ट्याक्टर दुर्घटना भई एकजनाको मृत्यु भएको छ ।
ना.७ त ४३४६ नम्बरको ट्याक्टर अनियन्त्रित भई सडकबाट करिब २० फिट तल खसेर ट्याक्टर चालक गोकर्णेश्वर नगरपालिका–६ जम्बुडाँडा बस्ने रौतहट घर भएका २५ वर्षीय कनही साह सुनारको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका उनलाई उपचारको लागी नेपाल मेडिकल कलेज अत्तरखेल लगिएको थियो भने उनको उपचारको क्रममा सोही अस्पतालमा मृत्यु भएको हो ।
Categorized in समाज