arin enterprises

बलात्कारको अभियोगमा टोखाका एक पुरुष पक्राउ

SamacharDesk – क्राइम ब्यूरो | २०८० माघ १०, बुधबार

एक २२ वर्षीया महिलालाई जबरजस्ती गरेको अभियोगमा एक पुरुषलाई प्रहरीले आज (बुधवार) पक्राउ गरेको छ ।

बलात्कारको अभियोगमा काठमाडौं टोखा नगरपालिका ग्राण्डी बस्ने नुवाकोट शिवपुरी गाउँपालिका–४ का २५ वर्षीय निरन्जन बुढाथोकीलाई आज बिहान प्रहरीले पक्राउ गरेको हो ।

अनुसन्धानबाट बुढाथोकीले ती महिलालाई काठमाडौं ग्राण्डीस्थित ग्रिनसिटी गेष्ट हाउसमा लगी जबरजस्ती गरेको देखिन आएको प्रहरीले जनाएको छ ।

बुढाथोकीले जबरजस्ती गरेको भनी उजुरी आएपछि प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो ।

घटनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

Categorized in अपराध