arin enterprises

बसको ठक्करबाट एक पुरुषको मृत्यु

SamacharDesk – समाचारडेस्क रिपोर्टर | २०७९ श्रावण २, सोमबार

मकवानपुरमा भएको सडक दुर्घटनामा एक जना पुरुषको मृत्यु भएको छ ।

मकवानपुर मनहरी गाउँपालिका–६ सुनाचुरीमा चितवनबाट हेटौंडातर्फ जाँदै गरेको बा.प्र.०३–००१ ख १३३० नम्बरको बसको ठक्करबाट एक जनाको मृत्यु भएको हो ।

अन्दाजी ४० वर्षीय मृतकको हालसम्म पहिचान हुन नसकेको प्रहरीले जनाएको छ ।

आइतबार राति भएको दुर्घटनामा उक्त पुरुषको घटनास्थलमै मृत्यु भएको थियो ।

बस चालकलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अगाडी बढाएको प्रहरीले बताएको छ ।

Categorized in समाज