मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु
SamacharDesk – समाचारडेस्क रिपोर्टर | २०७९ श्रावण २, सोमबार

बाँकेको राप्ती सोनारी गाउँपालिकामा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ ।
आइतबार राति राप्ती सोनारी गाउँपालिका–७ निबुवाटारमा भे.७ प १५२७ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको हो ।
दुर्घटनामा सोही गाउँपालिका–५ बिनौना बस्ने ५० वर्षीय बुचु थारुको मृत्यु भएको हो ।
ठक्करबाट गम्भीर घाइते भएका उनलाई उपचारको लागि भेरी अस्पताल नेपालगंज लगिएको थियो भने सोही अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको थियो ।
साथै दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालकलाई सोही अस्पताल हुँदै थप उपचारको लागि नर्सिङ होम नेपालगञ्ज रिफर गरिएको छ ।
Categorized in समाज